१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जुम्लामा १० हजार स्याउका बिरुवा रोप्दै विप्लव नेतृत्वको नेकपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३६:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी उत्पादन बढाउन १० हजार बिरुवा रोप्ने लक्ष्य बोकेर विप्लव बिहीबार जुम्ला पुगेका छन् ।

कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार जुम्लाको हिमा गाउँपालिका– ७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गर्न लागिएको हो । स्याउ बगैँचा बनाउन शुक्रबार र शनिबार स्थानीय जातको स्याउका विरुवा रोपिएको विप्लवले बताए । ‘कृषि उत्पादनले देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउखेतीको सुरुवात गरिएको हो,’ उनले भने । 

विप्लवको नेतृत्वमा जुम्ला पुगेको टोलीले हडुल्याको २२ हजार वर्गमिटर क्षेत्रफल जमिनमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरेको छ । पहिलो चरणमा दुई हजार स्याउका बिरुवा रोपिनेछ । स्याउका बिरुवा रोप्न विप्लवको नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको छ । 

‘यस्ता किसिमका उत्पादनशील क्षेत्रमा काम गर्न हामीले राज्यसँग हात फैलाएका हौँ । सहयोग मागेका हौँ । तर, राज्यले सहयोग गर्न चाहेन । कृषिमन्त्री तहसम्मै कुरा भएको हो । अहिले चार हजार स्याउका बिरुवा लगाउन २० लाख लगानी आवश्यक पर्छ । पार्टीसँग यस्तो ठूलो लगानी पनि छैन । हामीले चन्दा माग्न पनि चाहेनौँ । हामीलाई यहाँका दाजुभाइले बिरुवा सहयोग गर्नुभयो । राज्यले भाग लिन नचाहे पनि हाम्रो काम रोकिएन,’ विप्लवले भने ।

ad
ad