१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८o फाल्गुण १८ शुक्रबार १o:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको स्टल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १o:२८:oo

महेन्द्रनगरको खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको हो । 

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यसपटक उद्योग वाणिज्य संघले १५औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको छ । मेला सञ्चालन गर्न लागेको दुई दशकभन्दा बढी समय २३औँ वर्षमा थारू गाउँको छुट्टै स्टल राखिने भएको आयोजकले जनाएको छ । जसमा कैलाली, कञ्चनपुरका थारू समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिकारको प्रदर्शन गरिनेछ । 

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलोपटक पश्चिम नेपालका थारू समुदायको लोक संस्कृति, धर्म, कला पहिरन संरक्षणका लागि थारू गाउँकै स्टल राखिन लागेको बताए । थारू गाउँ स्टलका संयोजक एव कञ्चनपुरका थारू अगुवा बेदप्रकाश चौधरीले लोप भइरहेको थारू समुदायको लोक संस्कृति, धर्म, परम्परा, संरक्षण तथा प्रवद्र्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए ।

‘हामीले यसपटकको महोत्सवमा पहिलोपटक थारू गाउँ स्टल राख्न लागेका छौँ,’ उनले भने, ‘नयाँ पुस्तामा लोप भइरहेको थारू धर्म, सस्कृति, परम्परा संरक्षण, प्रवद्र्धन गर्न खोजेका छौँ ।’ थारू जातिका खाना तथा परिकारलाई बजारीकरण गर्दै थारू समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको उनको भनाइ छ । ‘हामी अहिले स्टल निर्माणमा खटिएका छौँ,’ ‘उनले भने, ‘कम्तीमा १२ स्टल राखेर थारू समुदायको लोक संस्कृति, परम्परा प्रदर्शन गर्छौँ ।’ 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले विगत २२ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र बैंकिङ क्षेत्रका सेवा–सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले मेला अवलोकनदेखि पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ ।