१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुपर न्यादीको ८० प्रतिशत काम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:५८:oo

लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीले मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादी खोलामा निर्माणाधीन यस आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)अनुसार ०८१ असारमा उत्पादन सुरु गर्नुपर्ने थियो ।

तर, समयमा काम सम्पन्न नहुने भएपछि ०८२ असोजसम्म समयावधि बढाइएको आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए । तर, प्रसारणलाइनको ट्रान्समिसन लाइन सम्पन्न नभएका कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

आयोजनाको निर्माण कार्य लम्बिँदा नियमित भार परे पनि करिब सात अर्ब लागतको लक्ष्यमै निर्माण सम्पन्न गरिने उनले बताए । हालसम्म विद्यृत्गृह पुग्ने पहुँच सुरुङमार्गको ब्रेक थ्रु भएको भने विद्युत्गृह निर्माणका लागि तीन सय ८७ मिटर सुरुङमार्ग, ६ हजार आठ सय मिटरको सुरुङमार्गमध्ये पाँच हजार ६ सय मिटर टनेलको सुरुङ निर्माण भएको छ । साथै, ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । त्यस्तै, पेनस्टक, अन्डरग्राउन्ड, पावरहाउसको काम ९० प्रतिशत सम्पन्न भएको छ । 

जिएन्डजी इन्फ्रा प्राइभेट लिमिटेडले निर्माणको काम गरिरहेको छ । आयोजनामा एनएमबि बैंकको अगुवाइमा ६ वित्तीय संस्थाले पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवर्द्धकको इक्विटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ ।