१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तापक्ष र प्रतिपक्षबिच लिखित सहमति, बागमती प्रदेश सभा बैठक निश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १२:५४:oo

बागमती प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच सहमति भएपछि आइतबार दिउँसो बस्ने प्रदेश सभा बैठक अवरोध हुने सम्भावना टरेको छ।

सरकारले प्रतिपक्षीलाई पेलेर जाने नीति लिएको र विगतको सरकारले गरेका निर्णय र कामलाई अवरोध गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदन चल्न नदिने चेतावनी दिएको थियो।

तर, आइतबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको आह्वानमा बसेको सर्वदलीय बैठकले लिखित सहमति गरेपछि सदन चल्ने भएको हो। प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान भएको छ।

यसअघि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बजेट र सरकार सञ्चालनका सवालमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको थियो।

माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सत्तापक्ष र प्रतिपक्षबिच तीनबुँदे सहमति भएको जानकारी दिए। उनले सरकारले यसअघि बजेट र सरकार सञ्चालनका विषयमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए।

‘मुख्यमन्त्रीले कर्मचारी सरुवा–बढुवामा यसअघिको सरकारले बनाएको विधि र प्रक्रियालाई नै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विगतमा सत्तापक्ष र प्रतिपक्षबिच भएको सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ,’ उनले भने।