१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार ११:o२:oo

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक)हरूको ३६औँ सम्मेलनमा वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् ।

दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले मात्र वित्तीय संस्थाबाट कर्जा लिने गरेको बताए । कुल जनसंख्याको १८ प्रतिशतले मात्रै कर्जा लिएको उनले बताए । बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनको भनाइ थियो ।  

सम्मेलनमा कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोच र योजना भएका, तर वित्तीय रूपमा अप्ठ्यारोमा परेका उद्यमीमा लगानी गरेको बताए । मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सिजिसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले साना तथा मझौला उद्योग (एसएमई)मध्ये एकतिहाइलाई सिजिसीले सहयोग गरिरहेको बताए ।  

फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पिजिसी)का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानुन र कार्यक्रमले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिए । ताइवानको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टिएसएमइजी)का युसिन कुओले आफूहरूले एसएमईहरूलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताइन् ।