१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
रासस काठमाडौं
२o८१ असोज ६ आइतबार ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१७ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार ११:५५:oo

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ। असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु. दुई हजार एक सयले वृद्धि भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु. एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय २० निर्धारण भएको छ।