१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वडा २१ र २६ लाई टाइब्रेकरमा सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १४:१६:oo

दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. २१ र वडा नं. २६ ले टाइब्रेकरमा जित हासिल गरेका छन्।

आइतबार लैनचौर फुटसल मैदानमा वडा नं. २१ ले वडा नं. २२ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएको थियो। वडा नं. २१ का लागि साजन डंगाेलले गोल गर्दा वडा २२ ले आत्मघाती गोल प्राप्त गरेको थियो। सो खेलमा वडा २१ का गोलरक्षक अरुण पोडे म्यान अफ दि म्याच बने।

यसैगरी वडा नं. २६ र वडा नं. ३२ बिचको खेल पनि १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरबाट जितहारको छिनोफानो गरिएको हो। टाइब्रेकरमा वडा २६, ५–४ ले विजयी भएको हो। निर्धारित समयमा वडा २६ का साजन शाही र वडा ३२ का विक्रम बिसुन्खेले गोल गरेका थिए। सो खेलमा साजन म्यान अफ दि म्याच घोषित भए।

अन्य खेलमा वडा १२ ले वडा ५ लाई २–१ र वडा ८ ले वडा ३१ लाई १–० ले पराजित गरे। वडा ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा ८ खेल जित्न सफल भएको हो। सो खेलमा वडा ८ का कप्तान मनीष सेढाईं उत्कृष्ट खेलाडी बने।

यसैगरी, वडा १२ लाई जित दिलाउन राज शाहीले दुवै गोल गरे। राज नै म्यान अफ दि म्याच घोषित भए। वडा नं. ५ का लागि पुस्कर आचार्यले एक गोल फर्काएका थिए।