१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी सबल योजनाको एकाइ बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५८:oo

कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको एकाइ बाँडफाँट भएको छ । 

क्यापिटलले प्रतिएकाइ १० रुपैयाँका दरले १० करोड एकाइको १४ प्रतिशत अर्थात् एक करोड ४० लाख एकाइ कोष प्रवर्द्धक कम्पनी कुमारी बैंकलाई र १ प्रतिशतले हुन आउने बीजपुँजीबापतको दश लाख एकाइ योजना व्यवस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी आठ करोड ५० लाख एकाइ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

त्यस्तै, १४ प्रतिशत बीजपुँजीबापतको एक करोड ४० लाख एकाइ कोष प्रवर्द्धक कम्पनी र बीजपुँजीबापतको १० लाख एकाइ योजना व्यवस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको हो ।

बाँकी २९ हजार एक सय ६० जनामध्ये रीतपूर्वक आवेदन दिनुहुने २९ हजार एक सय ३४ जना आवेदकलाई माग गरेबमोजिम एकाइ बाँडफाँड गरिको क्यापिटलले जनाएको छ । दोहोरो आवेदन दिने २६ जना आवेदकहरूको आवेदन रद्द गरिएको छ । 

ad
ad