१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o९:oo

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा पटक–पटक माग राख्दै आएका छन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले सरकारले कडा नीति बनाएर पब्लिकमा जान पाउने प्रावधान ल्याएमा अधिकांश ब्रोकर कम्पनीहरू पब्लिकमा जान तयार रहेको बताए । उनले भने, ‘धेरैपटक बोर्डमा हामीले पब्लिकमा जानुपर्ने कुरा उठाउँदै आएका पनि छौँ, तर ठोस निर्णय हुन सकेको छैन ।’ बोर्डले नीतिगत तयारी थाल्ने हो भने इच्छुक कम्पनीहरू अहिले पनि जान तयारी अवस्था रहेको उनको भनाइ छ । 

ब्रोकरलाई पब्लिकमा लैजाने विषय तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले प्रक्रिया अघि बढाए पनि बजार प्रभावित हुन सक्ने भन्दै रोकिएको थियो । पछिल्लो समय नेपाल स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्ने र पब्लिकमा लैजाने चर्चा चलिरहेको छ । 

यही समयमा ब्रोकरलाई पनि पब्लिकमा लैजानुपर्ने ब्रोकरहरूको माग छ । सापकोटाले भने, ‘अन्य देशमा जसरी नेप्से लिस्टिङमा जान्छन्, हामी पनि लिस्टिङमा जान पाउनुपर्छ, त्यसका लागि बलियो कानुन दिनुपर्‍यो ।’नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पनि पब्लिकमा जाने र आइपिओ निष्कासन गर्न पाउने प्रावधान ल्याउनुपर्ने बताए । सरकारले उचित कानुन बनाएर ठूला स्टक डिलरलाई पब्लिकमा जान पाउने प्रावधान ल्याउने हो भने दोस्रो बजारमा थप बलियो हुने उनको भनाइ छ । उनले भने, ‘ठूला ब्रोकर कम्पनीहरूले पब्लिकमा गएर आइपिओ निष्कासन गर्न पाउने हो बजार झनै बलियो पुँजीको बन्छ ।’

अहिले बैंकका सहायक कम्पनीहरूले पनि सेयर ब्रोकरको लाइसेन्स पाएर कारोबार गरिरहेको हुँदा ब्रोकरहरू लिस्टिङ हुँदैमा बजार प्रभावित हुन्छ भन्नु भ्रम रहेको एक ब्रोकरले बताए । उनले भने, ‘हिजोको दिनमा बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुहुँदैन भन्थे, तर अहिले सहायक कम्पनीले कारोबार गरिरहँदा बजारमा कुनै कैफियत भेटिएको छैन, त्यस्तै ब्रोकरले पनि पब्लिकमा गएर लिस्टिङ हुन पाउनुपर्छ ।’

धितोपत्र बोर्डका एक अधिकारीले यस विषयमा धेरैपटक आवाज उठेको र छलफलकै विषयमा रहेको बताए । उनले भने, ‘धेरैपटक उठेको पनि हो, अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनसमेत भएको थियो, तर अहिले यस विषयमा ठोस निर्णय भने हुन 
सकेको छैन ।’

ad
ad