१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : एएफपी
रासस उलान बाटोर
२o८१ बैशाख २२ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अत्यधिक चिसोले मंगोलियामा २१ लाख पशु मरे

Read Time : < 1 मिनेट
रासस, उलान बाटोर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२३:oo

‘जुड’ नामक अत्यधिक चिसोले मंगोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपतकालीन आयोग (एसइसी)ले बताएको छ। 

‘आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्,’  एजेन्सीले भनेको छ। उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो।

‘जुड’ अत्यधिक चिसो अर्थ दिने मंगोलियाली शब्द हो। अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो संख्यामा पशु मर्ने गर्छन्।

मौसम अनुगमन एजेन्सीका अनुसार मंगोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ। मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ।

विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मंगोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ।

भूपरिवेष्ठित मंगोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मंगोलियामा पशुधनको संख्या छ करोड ४७ लाख थियो।

ad
ad