१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १३ आइतबार ०७:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रो एमको उपाधि सञ्जीवको टोलीलाई 

Read Time : > 1 मिनेट
२०८० फाल्गुण १३ आइतबार ०७:४४:००

कुल एक सय ४८ स्कोर बनाउँदै उपाधि जित्ने क्रममा सञ्जीवले ३४, एमेच्योर १२ वर्षका युवा गल्फर दिप्सन लामाले ३९, बलराम थापाले ३८ र रवीन्द्र तिवारीले ३७ अंक जोडे

प्रोफेसनल सञ्जीवबहादुर नेपालीको टोलीले पोखरामा सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनअन्तर्गत प्रो एमको उपाधि हात पारेको छ । पोखरास्थित हिमालयन गल्फ क्लबमा‌ पार ६९ को हिमालयन गल्फ कार्समा शनिबार सम्पन्न सूर्य नेपाल गल्फ टुर ०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको प्रो एमको उपाधि सञ्जीवको टोलीले जितेको हो । कुल एक सय ४८ स्कोर बनाउँदै उपाधि जित्ने क्रममा सञ्जीवले ३४, एमेच्योर १२ वर्षका युवा गल्फर दिप्सन लामाले ३९, बलराम थापाले ३८ र रवीन्द्र तिवारीले ३७ अंक जोडेका थिए ।

दोस्रो भएको प्रो–नीरज तामाङको टोलीले एक सय ४१ स्कोर बनाउने क्रममा नीरजले ३४, एमेच्योर १३ वर्षका ड्यानियल बानियाँले र मिलन यखाले समान ३६ र अनिल सिन्हाले ३५ अंक बनाएका थिए । प्रो–सूर्यप्रसाद शर्माको टोली एक सय ३३ अंकसहित तेस्रो भएको थियो । 

सूर्यले ३३, एमेच्योर सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवराम गुरुङले ३२ अंक जोडेका थिए । प्रतियोगितामा सुष्मा सिंहले ३३ अंकसहित उत्कृष्ट हुँदा, कृष्ण गुरुङले लंगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि हात पारेका थिए ।

प्रतियोगितामा प्रो एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि रेकर्ड स्कोरसहित भुवन नगरकोटीले हात पार्दा रवि खड्का दोस्रो र नीरज तामाङ तेस्रो भएका थिए । 

नेपालका पूर्वनम्बर एक प्रोफेसनल गल्फर भुवनले ५४ होलको प्रतियोगिता १० अन्डर एक सय ९७ को स्कोर बनाएका थिए । उनले सन् २०१७ मा शिवराम श्रेष्ठले राखेको नौ अन्डरको रेकर्ड तोडेका हुन् । प्रतियोगितामा भुवनको दोस्रो रेकर्ड हो । उनले बिहीबार सात अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए ।

एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि हात पार्दा प्रज्वल गुरुङ उपविजेता भएका थिए । आठ लाख ४० हजार कुल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडी सहभागी थिए ।