१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सदभाव, इदान्त र अवानी शीर्षस्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१५:oo

नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य, इदान्तसिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्य ५ अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीर्षस्थानमा रहे । उनले संसार विकमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् । सद्भावले फ्रन्ट नाइन २ अन्डर ३२ मा सकाए । 

पहिलो, दोस्रो, चौथो र नवौँ होलमा एक–एक सट बचाएका थिए । तर, ५ अन्डर पारको तेस्रो होलमा डबल बोगी खेपे । यसपछि ब्याक नाइनमा दशौँदेखि १३औँ होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे । तर, १८औँ होलमा एक सट खेर फाले र ब्याक नाइन ३ अन्डर ३१ मा पूरा गरेका हुन् । दोस्रो स्थानमा रहेका संसारले ८ अन्डर ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३ अन्डर ओभर ३७ र ब्याक नाइन ५ अन्डर ओभर ३९ मा सकाए । १० अन्डर ओभर ७८ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा रहेका छन् ।

पुरुषकै १२ देखि १६ वर्ष उमेर समूहमा इदान्तसिंह साउद १६ अन्डर ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन् । उनले फ्रन्ट नाइन ७ अन्डर ओभर ४१ र ब्याक नाइन ९ अन्डर ओभर ४३ मा पूरा गरे । १८ अन्डर ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन् । यसैगरी सोहम अग्रवाल र दीपकबहादुर कामी २१ अन्डर ओभर ८९ सहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् ।

महिला खुलातर्फ अवानी राई २० अन्डर ओभर ८८ सहित शीर्षस्थानमा रहेकी छिन् । उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन् । आइन्स्टिनाले २५ अन्डर ओभर ९३ को स्कोर बनाइन् । ५४ होलको तीनदिने प्रतियोगितामा पुरूषतर्फ २७ र चार महिला गरी कुल ३१ खेलाडीको सहभागिता छ । तीन विधाका विजेता खेलाडीले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् ।

प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा काठमाडौंबाहेक पोखरा, धरान र चितवनका खेलाडीले सहभागिता छ । प्रतियोगिता सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । 

ad
ad