१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तरलताका आधारमा बैंक सबैभन्दा उत्तम अवस्थामा : बैंकर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४६:oo

विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु दुःखद पक्ष भएको बैंकरहरूले बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा)को आयोजनामा भएको एक कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले बैंकहरू ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए ।

तरलताका आधारमा बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको उनको भनाइ छ । ‘बैंकहरूले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनुपरेको थियो । तथापि, बैंकिङ क्षेत्रले गरेको वित्तीय समावेशिताको योगदान उच्च छ,’ उनले भने, ‘विश्वका शक्तिशाली बैंकहरूमा नकारात्मक संकेत देखिरहेको छ । तर, नेपालका बैंकहरू सहज अवस्थामा छन् ।’   

कार्यक्रममा नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले बैंकिङ क्षेत्रविरुद्ध पछिल्लो समय भइरहेको अराजक गतिविधिलाई लक्षित गर्दै कर्जा लिएपछि तिर्नुपर्ने दायित्वबाट पन्छिन नमिल्ने बताइन् । ‘वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको छ ।  त्यसमाथि निजी क्षेत्रमा जाने कर्जा पनि बढेको छ,’ उनले भनिन्, ‘अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका पनि छन् । त्यसले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै समाधान हुन्छ ।’

यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्काे वर्ष बैंकहरू लाभांश दिन नसक्ने अवस्थामा पुग्ने बताए । विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ । उनले भने, ‘पुँजीगत खर्च बढाउने ठाउँमा बजेट घटाउने परिपाटी नै राम्रो भएन । यसले अर्थतन्त्र सकारात्मक गतिमा जाँदैन ।’ साधारण खर्चकै लागि ऋण उठाउनुपर्ने स्थितिले अर्थतन्त्र सहज नभएको पुष्टि गर्ने उनको भनाइ छ ।

यस्तै, अर्थविद् प्रा.डा. शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको स्वीकार गरे । ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति सात सय ६१ वटा र मौद्रिक नीति एउटा मात्र छ,’ उनले भने, ‘मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ । अब वित्तीय नीतिले पनि बुझेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

ad
ad