१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ६ आइतबार ०८:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गएराति तनहुँमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते    

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ६ आइतबार ०८:२५:००

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा.१६च ४९१८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जिपमा सवार चितवनको इच्छाकामना गाउँपालिका– ६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर चितवनको इच्छाकामना– ५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना– ६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका– २९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका– ३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । जिपचालक प्रहरी नियन्त्रणमा छन् ।