१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:o१:oo

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रबार तीन महिना कैद सजाय सुनाएको हो । 

विशेषका अध्यक्ष टेकनारायण पाण्डे तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सुनुवाइ गर्दै कसुर कायमको फैसला गरेको हो । मुद्दा दायर भएको एक वर्ष नपुग्दै फैसला आएको हो । 

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् बैंक खाता सञ्चालन गर्न र तारेखसमेतका कार्यमा सहजीकरण गरिदिन ३० हजार मागेका थिए । सेवाग्राहीले यसको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएपछि उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । 

जसपछि ८ चैत ०७९ मा विशेषमा मुद्दा चलेको थियो । पाण्डेलाई कैदका साथै ३० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ । 

यस मुद्दामा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीसमेतलाई पनि सजाय भएको छ । अख्तियारको पक्षमा कागज गरेका र सरकारी साक्षीका रूपमा विशेषमा पेस गरिएका दैलेख नौमूलेका देवबहादुर थापा पनि दोषी ठहर भएका हुन् । उनलाई भ्रष्टाचार नभई प्रतिकूल बकपत्रमा सजाय भएको हो । 

नासु पाण्डेलाई सजाय सुनाएको इजलसाले नै थापालाई पनि तीन महिना सजाय तोकेको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । साथै, ३० हजार बिगो कायम भई सोबराबर जरिवाना र उक्त रकम जफत हुनेसमेत फैसलामा छ ।

ad
ad