१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २ बुधबार ११:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकका नयाँ कर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २ बुधबार ११:५८:००

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष ०८१ लाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले महालक्ष्मी घरकर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजना ल्याएको हो । 

योजनाअन्तर्गत महालक्ष्मी घरकर्जा र महालक्ष्मी व्यावसायिक कर्जा १० दशमलव ९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तीनै प्रकारका कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्न सकिने बैंकको भनाइ छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।  

योजनाअनुसार आवासीय–व्यापारिक घर–जग्गा खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप पुनर्निर्माण–मर्मतसम्भार गर्न महालक्ष्मी घरकर्जाअन्तर्गत न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बढीमा पाँच करोड रुपैयाँसम्म प्रदान गर्ने जनाइएको छ । साना तथा मझौला व्यवसायी कर्जा एक वर्षदेखि १५ वर्ष अवधिसम्मका लागि १० दशमलव ९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने जनाइएको छ । 

त्यस्तै, ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहने गरी व्यक्तिगत विद्युतीय सवारी खरिदमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशतमध्ये कम देखिएको रकम र नयाँ सवारीसाधनमा ५० प्रतिशतसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।