१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकले जारी गर्‍यो नयाँ भित्तेपात्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१३:oo

महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्ष ०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले नयाँ वर्षको क्यालेन्डर आफ्नो वेबसाइटमार्फत प्रकाशन गरेको हो । 

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालको क्यालेन्डर प्रकाशन गरेको जनाएको छ ।

क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागी तस्बिरहरूमध्येका उत्कृष्ट १२ तस्बिर समावेश गरिएको छ । त्यस्तै, मिति, तिथि, चाडपर्व, दिवसलगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी दिन बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बताइएको छ । 

ad
ad