१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५८:oo

महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा १० अध्ययनका लागि स्वर्गीय श्री नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ।

उक्त छात्रवृत्ति विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री नवराजबहादुर सिंहको स्मृतिमा स्थापना गरिएको हो। 

बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनीलकुमार नेपालले हिराकुमारी जोशीलाई उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन्। उनी अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

ad
ad