मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २९ सोमबार o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार o९:५२:oo

देशका विभिन्न जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएसँगै सचेत रहन आग्रह गरिएको छ । लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको छ । 

ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा पालिएका बंगुर र सुँगुरपालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशुसेवा शाखाले आग्रह गरेको छ । शाखाले जैविक सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो । बंगुर पालिएको खोर र फार्मपरिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिनलगायत उपाय प्रयोग गरी निसंक्रमण गर्न, रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्नेजस्ता सुरक्षाका उपाय अपनाउनुपर्ने बताइएको हो ।  

यस्तै, घरपालुवा सुँगुर र बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिन, संक्रमण देखिएको क्षेत्रबाट सुँगुर प्रजातिका पाठापाठी, संक्रमित मासु र दाना ओसारपसार नगर्न र अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर, बंगुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटेल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन आग्रह गरिएको हो । यस्तै, तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन आग्रह गरिएको छ ।