मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o माघ २३ मंगलबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लाँकुरी भञ्ज्याङ वनमा विनाअनुमति रूख कटान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १o:२५:oo

महालक्ष्मी नगरपालिका–१०, लाँकुरी भञ्ज्याङस्थित सामुदायिक वनमा जथाभावी रूख कटान र डोजर चलाएको पाइएको छ । वनको संरक्षण गर्नुपर्ने निकाय माथिल्लो पात्ले सामुदायिक वन उपभोक्ता समितिले नै अनधिकृत रूपमा रूख र डोजर चलाएको हो ।

पात्ले सामुदायिक वनमा विनास्वीकृति रूख कटान भइरहेको उजुरीपछि जिल्ला डिभिजन वन कार्यालय ललितपुुरले अनुगमन गर्ने भएको छ । समितिले एक साताअघि सल्ला, उत्तीस र चिलाउनेका दर्जनभन्दा बढी रूख काटेको उजुरीमा उल्लेख छ ।

स्थानीयवासीले रूख काटिएको बारे डिभिजन वन कार्यालयमा गुनासो तथा उजुरी गरेका छन् । आइतबार डिभिजन वन कार्यालय ललितपुरले रूख कटानबारे समितिलाई पत्राचार गर्दै स्पष्टीकरण सोधेको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत सन्तकुमार श्रेष्ठले रूख कटान गरेको गुनासो आएपछि पत्राचार गरिएको र अब निरीक्षण पनि गरिने जानकारी दिए । तर, समितिका अध्यक्ष वीरमान तामाङले रूख कटान नगरिएको दाबी गरे ।