१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर : राेयटर्स
रासस किभ
२o८१ बैशाख २० बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुसी ड्रोन आक्रमणपछि युक्रेनमा ४० हजार मानिस विद्युतविहीन

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४४:oo

दुई दर्जन रुसी ड्रोनको आक्रमणले देशको मध्यभागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको युक्रेनले जनाएको छ।

स्थानीय समयअनुसार शुक्रबार राति भएको आक्रमणले गत हिउँदमा रुसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दशौँ हजार मानिसलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ।

मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ।

‘आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकका लागि बिजुली कटौती भएको छ,’ यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। दुई खानीहरू बिजुलीविहीन भएका छन्।

ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ।

जमिनमुनि फसेका करिब सय मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रुसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन्।

यसैबीच, उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा सहर र बस्तीमा रुसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीहरूले बताएका छन्।

ad
ad