१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पशुपतिको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१४:oo

 पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना हटाउन पर्यटनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा भएको कोषको बोर्ड बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा व्यावसायिक संरचनाहरू सञ्चालन भइरहेको भन्दै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिए । कानुनी प्रक्रिया पुर्‍याएर अवैध संरचना तत्काल खाली गराउने मन्त्रीको निर्देशनबमोजिम बोर्डले निर्णय गरेको बताइएको छ ।

 पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका–८, गाँचापोखरीस्थित साबिक कित्ता नम्बर ९३ बाट हालको कित्ता नम्बर १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३ को तीन रोपनी ६ आना एक पैसा जग्गा व्यक्तिले हडपेर घर–भवन बनाई भोगचलन गर्दै आएका छन् । 

यस्तै, वडा नम्बर ३ भगवानस्थानमा साबिक कित्ता नम्बर ५१ बाट हालको कित्ता नम्बर १४३, १४४, ६५, २८ को तीन रोपनी आठ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको बताइएको छ ।सिफलस्थित लामपोखरी रहेको कित्ता नम्बर १३५, १८० र ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने निर्णय बोर्डले गरेको छ । 

बोर्डका सदस्यसमेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ । 

ad
ad