१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १६ मंगलबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १६ मंगलबार ११:२५:००

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

सहिद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरूको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुईमत नभएको बताएका हुन् ।

राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर सहिदहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका सहिदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने जनाए । 

‘विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने सहिदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ,’ उनको सन्देशमा भनिएको छ ।