१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १६ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १६ शुक्रबार १०:५६:००

अन्तरव्यवस्थापिका संघ (आइपियू) को एक सय ४८औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल आज स्विट्जरल्यान्डबाट स्वदेश फिर्ता भएको छ ।
       
यही चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा संघीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए । 

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरू नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी भएका थिए । यस्तै, राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी भएका थिए ।