Skip This
संसद् चलाउने विषयमा जुटेन सहमति, सत्ता र प्रतिपक्षले दाेहाेर्‍याए पुरानै अडान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २६ सोमबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् चलाउने विषयमा जुटेन सहमति, सत्ता र प्रतिपक्षले दाेहाेर्‍याए पुरानै अडान

पेचिलाे बन्दै सहकारी ठगीमा संसदीय छानबिन समितिकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार १५:४४:oo

संसद् चलाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीचकाे ब‌ैठक विनानिष्कर्ष टुंगिएकाे छ। साेमबार दिउँसो सभामुख देवराज घिमिरेले सिंहदरबारमा प्रधानमन्त्रीसहित बोलाएको चारदलीय बैठक विनानिष्कर्ष टुंगिएकाे हाे। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनमा निरन्तर उठाउँदै आएकाे सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताका विषयमा संसदीय छानबिन समितिकाे माग गर्दै आएकाे छ। 

कांग्रेसले छानबिन समिति बनाउने माग पूरा नभए भोलि (२७ चैत)देखि संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसहित चारदलीय बैठक बाेलाएर सहमतिकाे प्रयास गरेका थिए। बैठकमा सत्ता र प्रतिपक्षको पुरानै अडान दाेहाेरिँदा  ब‌ैठक विनानिष्कर्ष टुंगियाे। 

याससँगै भाेलिका लागि बाेलाइएकाे बैठक अनिश्चित बनेकाे छ। बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यो विषयमा छानबिन समितिले आवश्यक नभएको दोहोर्‍याए। 

उनले भने, ‘संसदीय छानबिन समितिको बैठक जायज छैन, तथ्यमा भन्दा पनि राजनीतिक पूर्वाग्रहमा आधारित छ। यस विषयमा छानबिन समिति बन्दैन। हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदा हामी सही ठाउँमा पुग्न सक्दैनौँ।’ 

यस्तै, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै गएको र अब संसद् बैठक अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने प्रतिक्रिया दिए। 

‘हामीले हाम्रो माग यथावत् राख्यौँ। लाखौँलाख नेपालीको पैसा ठगिएको छ। यसमा बहालवाला मन्त्रीको कुरा उठेको छ,’ उनले भने, ‘यसमा संसदीय समिति माग गरिएको हो। सरकार गैरजिम्मेवादी ढंगले प्रस्तुत हुँदै छ। अब संसद् बैठक अवरुद्ध भए भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’