मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o माघ ११ बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १o:१२:oo

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । अहिलेसम्म प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरिसकेका छन्। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रबाट मुख्यमन्त्री चौधरीले मतदान गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री डिलबहादुर चौधरीले  मतदान गरेसँगै प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन्।

दुई सिट रहेको लुम्बिनीमा ६ जनाको उम्मेदवारी परेको छ। गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह उम्मेदवार रहेका छन् ।

त्यस्तै, अन्य कोठामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरीले प्रतिस्पर्धा गर्दै छन् । लुम्बिनीमा प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन्।