मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ९ मंगलबार २३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष सरकारी वकिलको मुद्दा सफलता दर सबैभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार २३:o९:oo

विशेष सरकारी वकिलको कार्यालयको मुद्दा सफलता दर अन्य कार्यालयभन्दा बढी देखिएको छ । आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पेस गरेको प्रतिवेदनमा समग्रमा सरकारवादी रहेका मुद्दा, रिट र निवेदनमा ६९.१९ प्रतिशत सफलता दर देखिएको छ । 

विशेष सरकारी वकिलको कार्यालयले गत वर्ष १० हजार २३ वटा मुद्दामा बहस–पैरवी तथा प्रतिरक्षा गरेको छ । जसमध्ये पाँच हजार १२ वटा फस्र्योट भएका छन् । यसमध्ये ८३.६८ प्रतिशत मुद्दामा सरकारी वकिलले फैसला पक्षमा पारेका छन् । 

जिल्ला सरकारी वकिल कार्यालयहरूको सफलता दर पनि राम्रै देखिएको छ । ७६.८४ प्रतिशत मुद्दा सफल भएको तथ्यांकले देखाउँछ । गत वर्ष जिल्लाहरूमा मुद्दा, रिट तथा निवेदनसमेत गरी सरकारी वकिलहरू ७२ हजार १९६ वटामा संलग्न थिए । यसमध्ये ३६ हजार ७०३ मुद्दा किनारा लागेका छन् । 

सबैभन्दा कम सफलता दर भने महान्यायाधिवक्ताको कार्यालयको देखिएको छ । सरकारी वकिलहरूले सर्वोच्च अदालतमा १४ हजार २८९ वटा मुद्दामा बहस–पैरवी गरेकोमा दुई हजार ९१४ वटा फस्र्योट भएका छन् भने सफलता दर ४१.२८ प्रतिशत छ । 

उच्च सरकारी वकिलको कार्यालयको सफलता दर ५३.५८ प्रतिशत छ । गत वर्ष उच्चका सरकारी वकिलले २९ हजार ३२२ वटा मुद्दामा बहस–पैरवी गरेकोमा १७ हजार ४१२ वटामा फैसला आइसकेको छ । यसअनुसार आधा मुद्दामा सफल रहेको देखिन्छ ।