१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ८ सोमबार ११:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्फिनिटी लघुवित्तको खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ८ सोमबार ११:३७:००

 इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौँ स्थापना दिवस मनाएको छ । नवलपरासी, गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। वार्षिकोत्सवका अवसरमा संस्थाले वित्तीय जनचेतनासहित प्रभातफेरी कार्यक्रम गरेको बताइएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले भरतपुुर महानगरपालिका वडा नं ४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्न वितरण गरेको संस्थाले जनाएको छ ।