१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Friday, 09 May, 2025
२o७८ भदौ ७ सोमबार o७:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ७ सोमबार o७:२९:oo

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो । 

इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टले यस प्राप्तिपश्चात् इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सबल तथा सक्षम वित्तीय संस्थाका रूपमा अगाडि बढ्ने बताए ।

एकीकृत कारोबारपश्चात् संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३ सय ४२, सदस्य संख्या ७४ हजार, निक्षेप १ अर्ब १५ करोड रुपैयाँ, कर्जा रकम ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढी हुने भएकाले इन्फिनिटी लघुवित्त सबल हुने संस्थाले विश्वास व्यक्त गरेको छ ।