१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ ७ आइतबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा गर्भवती महिलाको हत्या, श्रीमान् पक्राउ 

Read Time : < 1 मिनेट
२०८० माघ ७ आइतबार ११:४५:००

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ६ बिरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

गएराति १ बजेको समयमा ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरले श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरलाई सुतिरहेकै अवस्थामा कोदालो र खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

बीभत्स तरिकाले हत्या गरेको भेटिएको छ। मृतक महिला केही दिनपछि सुत्केरी हुने समय अस्पतालले दिएकाे थियाे। 

चार छोरी र श्रीमान्–श्रीमती एकै स्थानमा सुतिरहेको अवस्थामा श्रीमतीको हत्या भएको देखिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। प्रहरीले घटनामा प्रयोग गरिएको कोदालो र खुर्पासहित श्रीमान् शेरबहादुर पक्राउ गरेका छन्। 

बिहान छोरीहरू उठेपछि घटनाबारे स्थानीयले खबर पाएका थिए । शेरबहादुरले आफूले सपनामा श्रीमती र आफूलाई कसैले आक्रमण गरेको सपना देखेको र सपनामै बचाउन खोज्दो यस्तो घटना भएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।
 
शेरबहादुर घटना भएपछि आत्महत्याका लागि नजिकैको खोलातर्फ गए पनि पुन: घर फर्केर बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको टाउकोमा पनि सामान्य चोट लागेको छ। अहिले प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक र मृतकका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा ल्याउने तयारी गरिरहेको छ।