१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार २१:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वी नवलपरासी २ मा एमालेको किल्ला भत्कियो, कांग्रेसका कार्की विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार २१:०२:००

पूर्वी नवलपरासीको प्रतिनिधिसभा २ बाट फराकिलो मतान्तरसहित कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् ।

एमाले उम्मेदवार तिलबहादुर महत क्षेत्री (तिलक)लाई दुई हजार २१ मतले पछि पार्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार एक सय ४ मत पाउँदा महतले ३४ हजार ८३ मत प्राप्त गरे । 

कार्की ०७४ को निर्वाचनमा क्षेत्रीसँग एक हजार तीन सय मतले पराजित भएका थिए । पाँच वर्षपछि उनले हारको पीडा भुलाएका छन् । 

रुपन्देहीबाट बसाइ सरेर आएको ११ वर्षमै उनी संसद बन्न सफल भएका छन् । व्यवसायीसमेत रहेका कार्कीको क्रसर र इँट्टा उद्योगमा लगानी छ । 

०४८ यता भएका सबै निर्वाचनमा यो क्षेत्रमा एमाले विजयी हुँदै आएको थियो । कार्कीले एमालेको किल्ला तोडेका हुन् । 

नवलपरासीका दुवै क्षेत्रबाट यसपटक कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर १ बाट कांग्रेस नेता डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् । 

त्यसैगरी, चार प्रदेश सभामध्ये तीन वटामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ । यहाँ प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार रहेका कांग्रेसका सबै तीन उम्मेदवार विजयी हुँदा गठबन्धनमै रहेको माओवादीका दुई र एकीकृत समाजवादीका एक उम्मेदवार पराजित भएका छन् । 

नवलपुर १ (१) बाट कांग्रेसका महेन्द्रध्वज जिसी, नवलपुर १ (२) बाट एमालेका रोशनबहादुर गाहा, नवलपुर २ (१) बाट एमालेकी पद्मा जिसी श्रेष्ठ र नवलपुर २ (२) बाट एमालेका लक्ष्मण पाण्डे विजयी भएका छन् ।