१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २९ आइतबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २९ आइतबार १२:२६:००

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको छ। 

आइतबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो। 
 
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ।

आयोगले  उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्ने र निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउनसमेत उम्मेदवारलाई आग्रह गरेको छ। राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदै छ।