१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
२०८० पौष २५ बुधबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाक्लो हुस्सुले धनगढीका लागि उडेका दुई विमान सुर्खेत अवतरण

Read Time : < 1 मिनेट
२०८० पौष २५ बुधबार १४:४५:००

बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलको हवाई सेवा अवरुद्ध बनेको छ। बुधबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेका दुई विमान यहाँ अवतरण हुन नसकेर ‘डाइभर्ट’ गरिएका छन्। 

धनगढीका लागि आएका श्री र बुद्ध एयरलाइन्सको विमान सुर्खेत विमानस्थलमा अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

श्री एयरलाइन्सको जहाज बिहान ९ः३९ र बुद्धको ९ः४१ मा काठमाडौंबाट उडेकोमा यहाँ अवतरण हुन नसकेपछि सुर्खेत पठाइएको धनगढी विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार श्रीको जहाज अवतरण हुन नसकेपछि केही समय आकाश ‘होल्ड’ गरिएको थियो। तर, मौसम नखुलेपछि सुर्खेत पठाइएको विमानस्थल कार्यालयले जनाएको छ।

मौसमको खराबीले काठमाडौंबाट धनगढीका लागि मध्याह्न साढे १२ बजेको श्री एयरसाइन्सको उडान हुन सकेको छैन । अहिले मौसममा सुधार भएकाले सुर्खेत अवतरण गरिएका जहाज धनगढी आउने तयारी रहेको विमानस्थल प्रमुख सिंहले बताए। 

विमानस्थल कार्यालयका अनुसार मौसम खुलेका कारण बिहान काठमाडौंबाट विमान उडे पनि एकाएक बाक्लो हुस्सु लाग्दा ‘भिजिबिलिटी’ कम भएकाले विमानस्थल बन्द गर्नुपरेको हो।