Skip This
बाक्लो हुस्सु र कुहिराेका कारण नेपालगन्ज विमानस्थल ठप्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाक्लो हुस्सु र कुहिराेका कारण नेपालगन्ज विमानस्थल ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:१५:oo

बाक्लो हुस्सु र कुहिराे लागेका कारण नेपालगन्ज विमानस्थलबाट हुने उडान र अवतरण ठप्प भएको छ । नेपालगन्जमा हुस्सु र कुहिरो लागेपछि हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पामा समेत हवाई सेवा प्रभावित बनेकाे छ ।

हुस्सुले नेपालगन्ज नखुलेपछि हुम्ला, मुगु, जुम्ला, बाजुरा, डोल्पाका यात्रु नेपालगन्जमै रोकिएका छन् । नेपालगन्जबाट उडान नभएपछि हुम्लामा ढुवानी हुने दैनिक उपभोग्य वस्तुसमेत नेपालगन्जमा थन्किएका छन् । सुर्खेतबाट मात्रै  हुम्लाका लागि उडान भए पनि नेपालगन्ज चार दिनदेखि ठप्प छ । 

यसैगरी काठमाडौंबाट नेपालगन्ज उडान भर्ने गरेका श्री एयरलाइन्स, यती एयरलाइन्स, बुद्ध एयरलाइन्स र गुण एयरलाइन्सले उडान भर्न सकेका छैनन् । काठमाडौंबाट नेपालगन्जको टिकट लिएका ताजाँकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले भने, ‘हुस्सुले नेपालगन्ज विमानस्थलमा अवरोध गरेकाले टिकट रद्द गरी गाडीबाट नेपालगन्ज आए ।’


  

ad
ad