१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २३ सोमबार ११:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २३ सोमबार ११:३३:००

एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ  (केआइओसिएच)लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउने उद्देश्यसहित सहयोग गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहयोगसम्बन्धी सहमति आदान–प्रदान भएको बैंकले उल्लेख गरेको छ । यो सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रूपमा दर्साउने बैंकको भनाइ छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवालाई निरन्तरता दिँदै आएको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा दुई सय एक शाखा, एक सय ७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।