मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०६:४८:००

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्टिच्युटका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंकले स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताए ।

अहिलेको कोभिड महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ थियो । 

इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. कोइरालाले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण गर्न गइरहेको बताए । इन्स्टिच्युटले बाँकी अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरू सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो ।