मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनाङका बाढी प्रभावितलाई एनएमबि बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार ०७:०९:००

मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण गरेको छ । बैंकले हेलिकोप्टर चार्टर गरेर राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क मनाङ पुर्‍याई वितरण गरेको हो । 

बैंकको मनाङ शाखाका प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरू, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

बाढीले अलपत्र भई घाइते अवस्थामा रहेका तीनजना नाबालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकोप्टरबाट उद्घार गरी उपचारका लागि काठमाडौं पठाएको बैंकले जनाएको छ । उद्घार गरिएका व्यक्तिहरूमा वर्ष ६५ का बुद्घराम गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेको जनाइएको छ । 

लगातारको वर्षा र बाढीका कारण हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९ सय घरधुरी आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनाहरूमा पनि निकै क्षति पुर्‍याएको छ । चामे गाउँपालिकाका वडा नं. ४ र ५ जोड्ने स्थानमा मस्र्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाका कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङलाई उद्धृत गर्दै राहत लिएर गएको टोलीले जनाएको छ ।