१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वेशभूषा वा समुदायलक्षित धरपकड मौलिक हकमाथिकाे प्रहार : मधेशी आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४६:oo

मधेशी आयोगले वेशभूषा वा समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथि प्रहार भएको ठहर गरेको छ।

आयोगले गत सोमबार धोती दिवस मनाउन माइतीघर मण्डलामा जम्मा भएका राष्ट्रिय जनमत पार्टीका नेता तथा कार्यकर्तामाथि धरपकड गर्नु मौलिक हकविपरीतकाे कार्य रहेको भन्दै आपत्ति जनाएको हो।  

आयोगका अध्यक्ष डा‍. विजयकुमार दत्तले मधेशी समुदाय भएकै कारणले आफ्नो संस्कृतिको संरक्षण गर्न नपाउनु र संरक्षण तथा संवर्द्धनलक्षित कार्य गर्दा समय–समयमा राज्यले धरपकड गरी कारबाही गर्नुले मधेशी समुदायप्रति सरकारको नियतलाई प्रस्ट पारेको बताएको बताएका छन्। 

आयोगकी निमित्त सचिव सविता डंगोलले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानको भाग- ३ को धारा १७, १८ र ३२ ले नेपाली नागरिक र समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यताको संरक्षण र संवर्द्धन गर्ने हक प्रदान गरेको र सो हकको पूर्ण उपभोग गर्ने वातावरण सिर्जना गर्ने राज्यको कर्तव्य रहेको बताइन्। 
 

ad
ad