१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १३ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकुमारी क्षेत्र तनावग्रस्त, मन्त्री ज्वालाको गाडीमा आगजनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १३ शुक्रबार १३:१३:००

कोरियाली भाषा परीक्षामा सहभागी नगराएकाे भन्दै प्रदर्शनमा उत्रिएका युवाले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगो लगाइदिएका छन्।

मन्त्री र पिएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। प्रदर्शनकारीले इपिएस कार्यालयअगाडि तथा बालकुमारी सडकमा प्रदर्शन गरेका छन्। अहिले सडक अवरुद्ध हुनुका साथै बालकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ।