१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १० मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १० मंगलबार o६:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप : एपिएफको लगातार चौथो जित

कोशीलाई आठ विकेटले हराउँदै एपिएफले प्रधानमन्त्री कपमा अपराजित यात्रा राखेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १० मंगलबार o६:५७:oo

एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । प्रतियोगिताको सोमबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । यससँगै एपिएफले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा चारै खेलमा जित निकालेको हो । यसअघि लगातार तीन खेलमा जित निकालेको कोशीको यो पहिलो हार हो । मूलपानी मैदानमा कोशीले पहिलो ब्याटिङ गरी २० ओभरमा दुई विकेट गुमाएर ८४ रन बनाएको थियो । सहज लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । 

एपिएफका लागि इन्दु बर्माले नटआउट ३६ रनको योगदान दिइन् । रोमा थापाले नटआउट १० रन जोडिन् । यसैगरी, ज्योति पाण्डे २४ रन र कप्तान सीता रानामगरले १८ रन बटुले । कोशीको ब्याटिङमा कप्तान रुबिना क्षेत्रीले ५८ बलमा ४१ रनको योगदान दिइन् । काजल श्रेष्ठले नटआउट २५ रन जोडिन् । अप्सरी बेगम १३ रनमा आउट भइन् । बलिङमा एपिएफकी सोनु खड्का र करुणा भण्डारीले समान एक विकेट लिए । सीता रानामगरले ४ ओभरमा ११ रन मात्र लिइन् । रेखा रावलले १ मेडन राख्दा १३ रन खर्चिइन् । 

सुदूरपश्चिमको तेस्रो जित
प्रतियोगितामा सोमबार सुदूरपश्चिमले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमलाई तेस्रो जित दिलाउने क्रममा कविता जोशीले अलराउन्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा २७ रनमा अविजित र बलिङतर्फ २ विकेट लिइन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा आठ विकेट गुमाएर ८७ रनको योगफल खडा ग¥यो । सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २८ रन बनाइकी थिइन् । बागमतीका लागि अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान एक विकेट लिए । 

बागमतीकी ओपनर कञ्चन श्रेष्ठले सर्वाधिक १९ रन बनाइन् । अर्की ओपनर हेलिसा गुरुङले १६ रन, सोनी पाख्रिनले १३ रन र सलिना सिलवालले १० रन बनाए । सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान दुई विकेट लिए । मनीषा चौधरी र जानकी जोशीका नाममा एक–एक रहे । प्रतियोगितामा बागमतीको दोस्रो हार हो । बागमती यसअघि कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो ।