Skip This
तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o पौष ५ बिहीबार १६:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार १६:५१:oo

रुपन्देहीको तिलोत्तमामा पाँचौँ दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु भएको छ।

नेपाल स्केट बोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको जात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरे।

डा.  लामाले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यो साहसिक खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गरे। उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी  हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुद कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए। उनले खेलाडीलाई लुम्बिनी दर्शनको निम्ति आग्रहसमेत गरे।

त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए। उनले खेलकुदको दायरा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको उल्लेख गरे।

कार्यक्रममा तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागिपरेको बताए। नेपाल स्केट बोर्ड तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले यो जात्राले स्केट खेलमा नयाँ आयाम थप्ने भनाइ राखे।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यानमार र थाइल्यान्डबाट नौ टोलीको सहभागिता रहेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले जानकारी दिए।

बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन छनोट चरणका खेल हुनेछन्। छनोट चरणबाट प्रत्येक राष्ट्रका १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलबाट प्रत्येक राष्ट्रका आठ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पुरुष–महिलामा गेम्स अफ स्केट बोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछन् भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगाे लगाइने आयोजकले जनाएका छन्।

पुरुष–महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय अमेरिकी डलर र दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता रुपन्देहीको तिलोत्तमा– ४ स्थित स्केट पार्कमा भइरहेको छ।