मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ५ बिहीबार o६:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुष्माले रमिसालाई हराइन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार o६:२५:oo

नेपाल बक्सिङ महासंघको आयोजनामा पेरिस ओलम्पिकअन्तर्गत पहिलो छनोट चरण खेल बुधबार सकिएको छ । प्रतियोगिताको अन्तिम दिन बुधबार महिलातर्फ ५० केजी तोल समूहमा नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङले स्पिलिट डिसिजनका आधारमा स्विट बक्सिङ क्लबकी रमिसा श्रेष्ठलाई हराइन् । यसैगरी, ५४ केजी तौल समूहमा बक्समान्डकुकी अञ्जनी तेलीले नेपाली सेनाकी वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनका आधारमा हराइन् । 

पुरुषतर्फको खेलमा ५१ केजी तौल समूहमा पुलिसका चन्द्रबहादुर थापाले नेपाली सेनाका सुशील थापालाई स्पिलिट डिसिजनका आधारमा हराएका छन् । यसैगरी, ५७ केजी तौल समूहमा सेनाका प्रेम चौधरीले भाइब बक्सिङ क्लबका निरञ्जन मोक्तानलाई स्पिलिट डिसिजनका आधारमा पाखा लगाए । ७१ केजी तौल समूहमा सेनाका दानबहादुर दर्लामीले भूपू बक्सिङ क्लबका निशान गुरुङलाई युनानिमस डिसिजनका आधारमा पराजित गरेका छन् । 

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार बक्सिङको विश्व क्वालिफाइङ प्रतियोगिता २०२४ को २८ अप्रिलदेखि १२ मार्चसम्म हुनेछ । पहिलो चरणबाट महिलामा दुई र पुरुषमा तीन खेलाडी छनोट भएका छन् ।