१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ४ बुधबार ११:४६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुमारी बैंकले अवकाश कोषबाट लाभांश दिँदै

Read Time : < 1 मिनेट
२०८० पौष ४ बुधबार ११:४६:००

 कुमारी बैंक अवकाश कोषले असार मसान्तसम्म सञ्चित बचतबाट ७८ प्रतिशत रकम लाभांश दिने भएको छ । कोषमा सहभागी कर्मचारीलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेकोे औसत मौज्दातको १ प्रतिशत लाभांशले हुन आउने चार करोड १७ लाख १४ हजार आठ सय ३५ रुपैयाँ वितरण गरिएको छ । कुमारी बैंकअन्तर्गत विगत २१ वर्षदेखि छुट्टै युनिटका रूपमा सञ्चालित कुमारी बैंक अवकाश कोषले देशभर रहेका शाखामा सञ्चालित छन् ।

सञ्चय कोष, अवकाष कोष, उपदान कोष, सञ्चित बिदा कोषलगायत अन्य कोषहरूको खाता खोल्ने, सञ्चित बचतको ८५ प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीको सञ्चित कोष रकम फिर्ता भुक्तानी दिनेजस्ता कार्यहरू गर्दै आइरहेको छ । 

उक्त कोषले व्यक्तिगत सञ्चयकर्ताका लागि प्रत्येक वर्ष २० हजारसम्मको निःशुल्क औषधोपचार बिमा, १० हजारसम्मको सुत्केरी तथा शिशु हेरचाह खर्च र १० हजारसम्मका काजकिरिया खर्च प्रदान गर्दै आएको छ ।