१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण गरेका लम्बोदरलाई तीन वर्ष कैद र साढे २५ करोड जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:o६:oo

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका लम्बोदर न्यौपानेलाई सजाय निर्धारण भएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले न्यौपानेलाई सजाय तोकेको हो।

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद र बिगोको दोब्बर (२५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ) जरिवाना तोकिएको छ।

उनको उमेर, स्वास्थ्य स्थितिलगायतलाई मध्यनजर गर्दै सो सजाय तोकिएको फैसलामा उल्लेख छ। न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको भेटिएको गत चैत २५ गते विशेषले ठहर गरेको थियो।

उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधासमेत दिएकाे र आफ्नो आयस्रोतको आधारमा करसमेत नतिरेको ठहर छ।

ad
ad