१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ३ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकको आकर्षणमा लमजुङका होमस्टे गाउँ

Read Time : < 1 मिनेट
२०८० पौष ३ मंगलबार १०:०६:००

पछिल्लो समय लमजुङका ग्रामीण क्षेत्रमा खुलेका होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । गाउँमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत सत्कारले पर्यटक लोभिन थालेसँगै होमस्टेमा चहलपहल बढेको हो । ०५७ मा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटन अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँसम्म पुगेको छ ।

घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनास मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुस्मेलगायत गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँमा होमस्टेको व्यापार बढ्दै गएको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँका रूपमा विकसित भइसकेका छन् । तर, सबै पर्यटकीय स्थलमा खोलिएका होमस्टे गुरुङ गाउँमा मात्र छैनन् । लमजुङमा खुलेका होमस्टेमा प्रायः गुरुङ जातिको बाहुल्य छ । तर, पछिल्लो समय गुरुङ जातिसँगै अन्य समुदाय पनि होमस्टेमा आकर्षित हुन थालेका छन् । 

घुमफिरमा आन्तरिक पर्यटकले ग्रामीण क्षेत्रका होमस्टे रोज्न थालेपछि गाउँमा आकर्षण बढेको हो ।  करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकामा रहेको भुस्मेगाउँमा खोलिएको तामाङ होमस्टेमा पनि पर्यटकको आकर्षण बढेको छ ।