गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ भने पाँच सहसचिवलाई विभिन्न पाँच जिल्लामा सिडिओको जिम्मेवारीमा पदस्थापन गरेको छ । चार सहसचिवलाई गृह मन्त्रालयअन्तर्गतका विभिन्न विभागमा पदस्थापन गरेको छ ।
मन्त्रालयले गृहमा कार्यरत सहसचिव आनन्द काफ्लेलाई पाल्पाको सिडिओ, प्रेमप्रसाद भट्टराईलाई मोरङको सिडिओ, भोला दाहाललाई गोरखाको सिडिओमा पदस्थापन गरेको छ ।
यस्तै, गृहकै सहसचिव भरत खनाललाई सिन्धुलीको सिडिओ, जयनारायण आचार्यलाई सुनसरीको सिडियाेमा पदस्थापन गरेको छ । गृहमै कार्यरत सहसचिव महादेव पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक तथा सहसचिव स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा पदस्थापन गरेको छ ।
यस्तो छ सरुवा सूची