युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गत मार्चमा आइएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलरबराबरको ४८ महिनाको इएफएफ व्यवस्था स्वीकृत गरेको थियो।
यस कार्यक्रमअन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ।