१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २६ मंगलबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राममा

Read Time : < 1 मिनेट
२०८० मङ्सिर २६ मंगलबार १२:३५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासीको रामग्राम पुगेका छन्।

गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री प्रचण्ड नवलपरासी पुगेका हुन्। 

प्रधानमन्त्री प्रचण्डलाई पर्यटनमन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले स्वागत गरेका थिए। रामग्राम स्तुपको विकासका लागि एक निजी कम्पनीले विस्तृत अध्ययन गरी गुरुयोजना बनाएर काम गर्ने तयारी भइरहेको छ।
 
साेही गुरुयोजनाको शुभारम्भ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड रामग्राम आएका हुन्। रामग्रामको विकासका लागि यो परियोजनाले रामग्राम क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।