नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान होटेल सोल्टीमा औपचारिक भेटवार्तापछि डेलिगेसनस्तरमा द्विपक्षीय बैठक जारी छ।
भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाजमा दिवाभोज आयोजना गरेका छन्। दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ।