मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
२o८२ भदौ २८ शनिबार o६:o४:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भदौ २८ देखि असोज ३ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o६:o४:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको भदौ २८ गते शनिबारदेखि असोज ३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक भेटघाटको समय छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनुहुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।  साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुन सक्छ, सचेत रहनुहोला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीलाई पार लगाउन सकिनेछ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धनलाभ हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायको सिलसिलामा यात्रा हुन सक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठुलो फाइदा जुटाउन सकिँदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक संकटले तनाव सिर्जना गर्न सक्छ । परिवारजनको साथले उत्साहित भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मानसम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिनेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । साताको अन्त्यमा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मबल दह्रो बनाउनुपर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिनेछ । कुनै महत्वाकांक्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिँड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुन सक्छ, सचेत रहनुहोला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ । दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन र दिन सकिने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिनेछ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्मविश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सजग र सतर्क भई काम गर्न सके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरूको पछि लाग्नुभन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने योग रहेको छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नुपर्नेछ ।